रामेछापका भुकम्प पीडितलाई पहिलो पटक काठ वितरण

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ६ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन ६ गते,
रामेछापका भुकम्प पीडितहरुलाई घर निर्माणका लागि पहिलो पटक काठ बितरण गरिएको छ । सरकारले भुकम्प पीडितलाई सस्तो दरमा काठ उपलब्ध गराउने नीति अनुसार रामेछापका भुकम्प पीडितहरुलाई कम मुल्यमा काठ बितरण गरिएको हो । जिल्ला वन कार्यालय रामेछापको पहलमा उदयपरबाट ल्याइएको काठ रामेछापका भुकम्प पीडितलाई वितरण गरिएको हो । जिल्लाका करिब ४२ हजार भुकम्प पीडितलाई घर निर्माणको लागि दस हजार क्युफिट काठ आवश्यक पर्ने जिल्ला वन कार्यालय रामेछापका अधिकृत रामविचारी ठाकुरेले बताए ।
दस हजार क्युफिट काठ मध्ये पहिलो चरणमा तीन हजार क्युफिट आपूर्ति गरिएकोमा अहिले पच्चिस सय क्युफिट काठ वितरण गरिएको बताए । काठको माग गर्दै परेको ५ सय ४० वटा निवेदकको अध्ययन गरी पहिलो चरणमा १ सय ११ जनालाई काठ वितरण गरिएको उनले जानकारी दिए । ढुवानी सहित परेको मुल्यको ९० प्रतिशत छुट दिएर दस प्रतिशत मात्र शुल्क लिइएको वन अधिकृत ठाकुरको भनाई छ ।