फागुन १, काठमाडौं – नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको कठिन अबस्थामा पुगेको छ ।
मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रो स्थानमा झरेको हो । समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब भोली नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।
नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ । विश्वकप खेल्नको लागि भोली नेपालले क्यानडालाई जित्नै पर्ने दवाव छ ।