माघ २६ –आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासँग १ विकेटको रोमाञ्चक जित हात पारेको छ । नेपाली बलरको धारिलो बलिङ र सुझबुझपूर्ण ब्याटिङका कारण विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले विजयी शुरुवात गरेका छ ।
नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
४९ औं ओभरमा नेपालले जोडेको १३ रन खेल जित्न महत्वपूर्ण रह्यो । यही ओभरमा वसन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरे । ५० औ ओभरको पहिलो बलमा २ रन लिएका वसन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए ।
अर्को नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भयो । नेपालको जितमा नायक बनेका वसन्त रेग्मीले अविजित २४ रन बनाए । २४ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
इतिहास यस्तो छ नेपाल र ओमान विच
नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले हारेको थियो ।
२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले हारेको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो ।
यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।
@ UJyaaloonline