माघ २५,काठमाडौं । राष्ट्रियसभामा चुनावको अन्तिम परिणामअनुसार सार्वजनिक भएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा एमालेमा २७ सीटमा जीतका साथ नेकपा एमालेका सबैभन्दा ठूलो दल बनेको छ ।
पछिल्लो परिणामअनुसार कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले १२ सीटमा जीत हासिल गरेको छ। राजपा र सघीय समाजवादी फोरम २।२ स्थानमा जीत हासिल गरेको छ। राष्ट्रियसभामा नेकपा एमालेले स्पष्ट बहुमतकालागि तीन स्थान कम भएको छ भने वामपन्थी गठबन्धनले दुई तिहाइ बहुमतका लागि एक स्थान कमी हुन्छ ।
५९ सदस्यीय राष्ट्रियसभामा सरकारले तीन जना बाँकी रहेको छ। मन्त्रपरिषदको सिफारिसमा एक महिलासहित तीन सदस्यलाई मन्त्रिपरिषको सिफारिसमा राष्ट्रपति गर्ने व्यवस्था रहेको छ।
प्रदेश १
दलित
खेम नेपाली – एमाले
अल्पसंख्यक तथा अपाङ्ग
अगमप्रसाद बान्तवा – एमाले
खुला
परशुमेघी गुरुङ – एमाले
हरिशरण सिवाकोटी – एमाले
रमेशजंग रायमाझी – काग्रेस
महिला
नैनकला ओझा – एमाले
बिना पोखरेल – माओवादी केन्द्र
सरिता प्रसाई – कांग्रेस
प्रदेश २
दलित
रामप्रीत पासवान – संघीय फोरम
अल्पसंख्यक तथा अपाङ्ग
वृषेशचन्द्र लाल- राजपा
खुला
रमेश यादव – राजपा
जितेन्द्र देव – कांग्रेस
सुमन प्याकुरेल – एमाले
महिला
शशीकला दाहाल – माओवादी केन्द्र
मोक्ताकुमारी यादव – कांग्रेस
उर्मिलादेवी यादव – फोरम
प्रदेश ३
दलित
सिंहबहादुर विक – एमाले
अपाङ्गता अल्पसंख्यक
रामचन्द्र राई दनुवार एमाले
खुला
बलराम बाँस्कोटा – एमाले
रामबहादुर थापा – माओवादी केन्द्र
राधेश्याम अधिकारी – कांग्रेस
महिला
दिलकुमारी रावल थापा (पार्वती) – एमाले
उदया शर्मा पौडेल – एमाले
धनकुमारी खतिवडा – कांग्रेस
प्रदेश ४
दलित
खिमबहादुर विक – माओवादी केन्द्र
अल्पसंख्यक तथा अपागंता
प्रकाश पन्थ – कांग्रेस
खुला
सुरेन्द्रराज पाण्डे- कांग्रेस
गणेश तिमल्सिना – एमाले
दीनानाथ शर्मा – माओवादी केन्द्र
महिला
शान्ति अधिकारी – एमाले
दीपा गुरुङ – एमाले
वृन्दा आले मगर – कांग्रेस
प्रदेश ५
दलित
रामलखन चमार – एमाले
अल्पसंख्यक र अपाङ्गता
राजकुमार कुँवर – माओवादी केन्द्र
खुला
दुर्गाप्रसाद उपाध्याय – कांग्रेस
खिमलाल भट्टराई – एमाले
चन्द्रबहादुर खड्का- माओवादी केन्द्र
महिला
कोमल वली – एमाले
मीना बुढा – एमाले
अनिता देवकोटा – कांग्रेस
प्रदेश ६
दलित
नरपति सुनार – एमाले
अल्पसंख्यक र अपाङ्गता
जीवन बुढा – माओवादी केन्द्र
खुला
भैरबसुन्दर श्रेष्ठ – एमाले
ठगेन्द्रप्रकाश पुरी – एमाले
कालीबहादुर मल्ल – माओवादी केन्द्र
महिला
कविता बोगटी – एमाले
नन्द चपाईं – एमाले
युटुल लामा – माओवादी केन्द्र
प्रदेश ७
दलित
चक्रबहादुर स्नेही- एमाले
अल्पसंख्यक र अपाङ्गता
महेकुमार महरा – माओवादी केन्द्र
खुला
बद्रीप्रसाद पाण्डे – कांग्रेस
शेरबहादुर कुँवर – एमाले
हरेराम चौधरी – माओवादी केन्द्र
महिला
कमला ओली – एमाले
इन्दु कडरिया – एमाले
तारादेवी भट्ट – कांग्रेस
@shikhar news.com
