रामेछाप । माघ १८ गते,
गत बैशाखदेखी रामेछापको सदरमुकाम मन्थलीमा संचालन भएको सिसि क्यामेरा बिहिबार मन्थली नगरपालिकालाई हन्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी रामेछाप उद्योग वाणिज्य संघले मन्थली बजारका विभिन्न स्थानमा जडान गरिएको १६ वटा सिसि क्यामेरा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतलाई हस्तान्तरण गरिएको हो ।
उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले वुलेट टायप क्यामेरा ३ वटा , पिटिजेट आई पिक्स्ड क्यामेरा ८ वटा र पिटिजेट आइपि हाइस्पिड डोम क्यामेरा ५ वटा नगरप्रमुख बस्नेतलाई हस्तान्तरण गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए । 
सिसि क्यामेरा हस्तान्तरण कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापा , उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहाल लगाएतले बोलेका थिए ।
कार्यक्रममा सिसि क्यामेरा जडानका लागि आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । उद्योग वाणिज्य संघले जिल्ला समन्वय समिति, मन्थली नगरपालिका ,मन्थलीमा सञ्चालित बैङ्क तथा वित्तिय संस्था, निर्माण व्यवसायी , हिमगंगा यातायात प्रा.लि र त्रिवेणी यातायात समिति लगाएतको आर्थिक सहयोगमा २०७४ बैशाखमा मन्थली बजारमा सिसि क्यामेरा जडान गरेको थियो । बजारमा जडित क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयले गरिरहेको छ ।
केहि समयअघि मन्थलीमा जडित अधिकांश सिसि क्यामेराहरु दोखाउनका लागि मात्रै राखिएको भन्दै मन्थली बासीले गुनासो गरेका थिए ।
यसका बारेमा जिल्ला प्रहरी कार्यालयले समेत १६ वटा क्यामेरामध्य ८ वाटाले मात्रै काम गरीरहेको जनाएको थियो । क्यामेराले काम नगरेको गुनासो आएपछि आवश्यक मर्मत गरी हाल बजारमा जडि १६ मध्य १५ वटा क्यामेरा चालु रहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले बताए ।
मन्थलीमा जडित सिसि क्यामेरा नगरपालिकालाई हस्तान्तरण
- प्रकाशित मिति: बिहिबार, माघ १८ २०७४
- तामाकोसी खबर