नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा फेरी निरबहादुर कार्की

  • प्रकाशित मिति: बिहिबार, माघ १८ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ १८ गते,
नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको १२ औ जिल्ला अधिवेशन मन्थलीमा सम्पन्न भएको छ । अधिवेशनले निरबहादुर कार्कीको अध्यक्षतमा ३३ सदस्सिय नयाँ समिति सर्वसम्मतिले चयन गरेको छ । समितिका उपाध्यक्षमा टेकप्रसाद घिमिरे, महिला उपाध्यक्षमा नैनाकला श्रेष्ठ, सचिवमा मणि बहादुर वस्नेत, सहसचिममा दुर्गा पौडेल, कोषाध्यक्षामा सन्तोष पौडेल र सहकोषाध्यक्षमा अमला श्रेष्ठ रहेका छन् । यसै गरी केन्द्रिय प्रतिनिधिहरुमा क्रमश ः रविराज खड्का, दिनेशकुमार थापा, भरतबहादुर वस्नेत र सुभद्रा घिमिरे रहेका छन् । मर्यादा अभिवृद्धि, पेशागत दक्षता, ट्रेडयूनियन अधिकारको संवैधानिक सुनिश्चितता भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशनको उद्घाटन शिक्षक संगठनका केन्द्रीय अध्यक्ष बाबुराम थापाले गरेका थिए ।