रामेछाप सिभिल च्याम्पियन शिप २०७४ को लिगचरणको खेल सकियो

  • प्रकाशित मिति: बिहिबार, माघ १८ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ १८ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारदेखी सुरु भएको “रामेछाप सिभिल च्याम्पियन शीप २०७४” तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ ।
विहिबार भएको खेलमा शान्तिदिप युवा क्ल्वब मन्थलीले मध्येपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हराएको छ भने लोकतान्त्रिक खेलकुद संघ रामेछापले पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–२ सेटमा पराजित गरेको छ ।
यस्तै सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–० सोझो सेटमा पाखा लगाउदा नमुनादिप युवा क्ल्वब सैपुले हिमगंगा युवा क्ल्वबलाई ३–० अन्तरमानै हराएको छ । ठुलो संख्यामा उपस्थित दर्शकहरुले भरिएको मन्थली खेलमैदानमा पश्चिामाञ्चल विकास क्षेत्रलाई मन्थली युनाइटेड समाजले ३–० सोझो सेटमा हराउदा पुर्वाञ्चल विकास क्षेत्रलाई सुदुुरपश्चिमाञ्च विकास क्षेत्रले पनि ३–० सेटमानै पराजित गरेको छ ।
यो संगै क्वाटर फाइनलको समिकरण पनि पुरा भएको छ । विहिबार खेलाइएको लिग चरणबाट मध्यमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र बाहिरिएका छन् भने बाँकी टिमले शुक्रबार क्वाटरफाइनलका खेलहरु खेल्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सानत्वना हुने टिमले ३५ हजार नगद पाउने छ । त्यस्तै उत्कृष्ट खेलाडी , डिफेण्डर, ब्लकर, सेटर, स्पाइकर र उत्कृष्ट सर्वरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।