१२ माघ, रामेछाप ।
रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा निर्माणधिन लिखु ४ परियोजना निर्माण कार्यमा सहयोग गर्ने उदेश्यले स्थानिय जनसरोकार समिति गठन भएको छ ।
प्रभावित स्थानिय समुदायका व्यक्तिहरु सम्मिलित समितिले परियोजनाको निति नियमअनुसार सञ्चालन गर्न, अनावश्यक प्रभावमा नपरी स्वतस्फुर्त रुपमा कार्य सम्पन्न गर्न दवाव दिने समितिका संयोजक केशरबहादर पौडेलको भनाइ छ ।
उनले जायज मागको सम्बोधन गर्ने भएकोले परियोजनाको निर्माण कार्यलाई अनावश्यक कुराहरुमा नअल्झाउन स्थानियहरुलाई सुझाव समेत दिए । संयोजक पौडेलले समिति परियोजना र स्थानिय समुदाय विचको पुलको काम गर्ने भन्दै कोहि कसैको विरुद्धमा नरहेको पनि स्पष्ट पारे ।
६३ मेगावाट क्षमताको उक्त परियोजना ग्रिनभेन्चरको ठेक्कामा इटालियन कम्पनी सिएमसी ले निर्माणको जिम्मा लिएको छ । ओखलढुङ्ग जिल्लाको साविकको गाविसहरु रगनी, पोकली, टारकेराबारी र रामेछाप जिल्लाको साविकको गाविसहरु भुजी, सैपु, दुरागाउ वढी प्रभावित क्षेत्रभित्र पर्दछन् ।

समितिको अन्य पदाधिकारीहरुमा सह–संयोजक सुदिप सुनुवार, सदस्य संजिव तामाङ, रमेश घिमिरे, केशव घिमिरे, खड्क बहादुर सुनुवार, गोपाल परियार, होमनाथ पौडेल, संजय तामाङ, तोरण सुनुवार, दशराम सुनुवार रहेका छन् । यसैगरी हरी सुनुवार, क्याल्पु तामाङ, रामचन्द्र सुनुवार, कर्ण बहादुर तामाङ, अशोक घिमिरे, बेद बहादुर सुनुवार, शम्भु सुनुवार, लक्ष्मी गौतम, दुर्गा पौडेल, आशिका बराइली, रन्जना सुनुवार, एलिसा सुनुवार र निर्मला राई सदस्य रहेका छन् ।
(भिडियो हेर्नुहोला)