रामेछाप । माघ ८ गते,
रामेछाप जिल्लाको खाडाँदेवी गाउँपलिका वडा नम्बर ४ पकरवास सान्नेमा आगलागि बाट एउटा घर जलेर नष्ट भएको छ । सोमबार दिउँसो २ बजे तिर आगालागि हँुदा स्थानीय भरत बहादुर कार्कीको घर जलेको होे ।
आगलागिबाट घर तथा घरभित्र भएको नगद, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ । आगलागिले २० लाख बराबरको क्षति भएको स्थानिय कृष्ण प्रसाद पौडेलले जानकारी दिए । विद्युत सर्ट भएर आगलागि भएको बताइएको छ । आगो स्थानीयले साँझ नियन्त्रणमा लिएका छन् ।
रामेछापको खाँडादेवीमा आगलागी हुँदा २० लाख बराबरको क्षति
- प्रकाशित मिति: सोमबार, माघ ८ २०७४
- तामाकोसी खबर