रामेछाप । माघ २ गते,
मंगलबार राष्ट्रिय भूकम्प दिवस देशभर विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसका अवसरमा रामेछाप जिल्लाको पनि विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम सम्पन्न भए । सदरमुकाम मन्थलीमा पनि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले चेतनामूलक ¥याली सहित अन्य कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
तर दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रम औपचारिकतामा मात्रै सिमित रहेको भूकम्पपिडितहरुले गुनासो गरेका छन् । पानी,काठ , दक्ष कामदार लगाएतका समस्याका कारण घर बनाउन नसकेको अवस्थामा पौष मासान्त सम्म दोस्रो किस्ता र असार मसान्त सम्म अन्तिम किस्ता लिसक्नुपर्ने सरकारको नियमले आफुहरुलाई झन पिडा दिएको पिडितहरुको गुनासो छ । यिनै विभिन्न समस्याका कारण गाउँगाउँमा धेरै भूकम्पपिडितले घर सुरु गर्न सकेको छैनन् भने धेरै पिडितहरुले महङगो मुल्यमा निर्माण सामाग्री किनेर घर बनाएका छन् ।अहिले दोस्रो किस्ताका लागि सरकारले दिएको समय सिमा कटिसकेको छ । अव पुननिर्माणको सवालमा सरकार कसरी अगाडि बढ्छ भन्ने बारेमा सवै निकायमा अन्योलता देखिन्छ । रामेछापमा भूकम्प गएको ३३ महिना हुन लाग्दा ५० हजारमा जम्मा ८ हजार २ सय घरहरु मात्रै बनेका छन् ।
रामेछापमा भौतिक संरचना तर्फ भूकम्पले गरेको क्षति
जिल्लामा २०७२ सालमा आएको भूकम्पका कारण करिव ५० हजार निजि आवास क्षति भएको थियो । भूकम्पले १ सय १३ सरकारी तथा सार्वजनिक भन ,४ सय १९ विद्यालय , ५२ वटा स्वास्थ्य केन्द्र ,१ सय ९८ सामुदायिक भवन , ३८ पुर्वाधारका संरचनाहरु र ७९ सिंचाई तथा लघु जलविद्युत योजना क्षति गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापसंग तथ्याङक छ ।
रामेछापमा पुननिर्माणको अवस्था
रामेछापमा जम्मा ४५ हजार ५० लाभग्राही रहेकोमा ४२ हजार १५ जनाले घर बनाउने सम्झौता गरेका छन् ।
सम्झौता गरेकामध्य हालसम्म ८ हजार २ सय घर बनेका छन् भने २६ हजार १ सय घर बनाउन सुरु सुरु भएको छ । १६ हजार ६ सय पिडितले घरको दोस्रो किस्ताका लागि निवेदन दिएका छन् भने १५ हजार ५ सय पिडितले दोस्रो किस्ता, ४ हजार २ सय पिडितले तेस्रो किस्ता बुझेका छन् । त्यसैगरी तेस्रो किस्ताका लागि ६ हजार पिडितले निवेदन दिएका छन् ।
रामेछापको पुननिर्माणमा देखिएको समस्या
रामेछाप जिल्लाको पुननिर्माणको प्रमुख समस्या दक्ष कामदारको हो । जिल्लामा आवश्यक मात्रमा दक्ष कामदार नपाउदा पुननिर्माणको कामले सोचेअनुसार गति लिन सकेको छैन । जिल्लामा पुननिर्माणका कामका ढिलाई हुनुमा आवश्यता अनुसार प्राविधिक नहुनु , पानीको अभाव , काठको अभाव ,ऋण प्रवाहामा समस्या ,जोखिमयुक्त वस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसक्नु हो ।
रामेछापमा हालसम्म ८ हजार २ सय घर बन्यो ( पुननिर्माणमा ढिलाई हुनको कारण हेर्नुहोस् )
- प्रकाशित मिति: मंगलबार, माघ २ २०७४
- तामाकोसी खबर