रामेछाप डडुवाका बाबुराम तामाङको हत्या गर्ने कुमार घिसिङ सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, पुष १३ २०७४
  • तामाकोसी खबर

रामेछाप । पुस १३ गते,
गत पुस ९ गते आइतबार रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवाका ४८ बर्षिय बाबुराम तामाङको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा बिहिबार पत्रकार सम्मेलन गरी हत्यारा अभियुत्त सार्वजनिक गरिएको हो । हत्यामा संलग्न दोरम्बा गाउँपालिका १ डडुवाका च्याङवा भनिने कुमार घिसिङलाई पहरीले सार्वजनिक गरेको हो । हत्या भए लगत्तै रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाको नेत्तृत्वमा गएको प्रहरी टोलीले हत्या गर्ने तामाङलाई पुस १२ गते मन्थली नगरपालिका वडा नम्बर १४ फुलासीवाट पक्राउ गरेको थियो ।
पुस ९ गते घरबाट हिडेका मृतक तामाङ राती अवेर सम्म घर नआएपछि परिवारका सदस्यहरुले खोजतलास गर्दा १० गते बिहान साढे ९ बजे गाउँकै लप्सी खोलामा ढुंगाले पुरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटना लगत्तै रामेछाप प्रहरीले अनुसन्धानलाई तिव्र बनाएको थियो । मृतक तामाङ २०५४ सालमा साविकको डडुवा गाविसको वडा नम्बर १ का जननिर्वार्चित वडा अध्यक्ष बनेका थिए । हत्याको कारणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कुमोद ढुंगेलले बताए ।