निर्वाचनको परिणाम सन्तोस जनक छ : नेपाली काँग्रेस रामेछाप

  • प्रकाशित मिति: बुधबार, मंसिर २७ २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर २७ गते,भिम बहादुर नेपाली,
नेपाली काँग्रेस रामेछापले मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम सन्तोस जनक रहेको जनाएको छ । काँग्रेसले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी निर्वाचन प्रजातान्त्रिक अभ्यास भएकाले यसको परिणामलाई काँग्रेसे सहर्ष स्वीकार गरेको प्रतिक्रिया दिएको हो । कार्यक्रममा काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जिल्लामा नेपाली काँग्रेसले हारेको भएपनि पार्टीको एजेण्डाले भने जितेको दावि गरे । मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा रामेछापका मतदाताले काँग्रेसलाई सोचे भन्दा बढि भोट दिएको उनको भनाई छ । त्यस्तै प्रतिनिधिसभा तर्फ उम्मेदवार बनी पराजित भएका पुर्ण बहादुर तामाङ कान्छारामले निर्वाचनमा जनताले आफुलाई धेरै भोट दिएको भन्दै खुशी व्यक्त गरे । उनले अफु पराजित भएपनि जनताका सामु गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने बताए । उनले नागरिक समु प्रतिवद्धता जनाए अनुरुप १ महिनाभित्र ६ वटा एम्बुलेन्स बितरण गर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धनबाट पराजित उम्मेदवार रत्न बहादुर कार्कीले अहिलेको बाम गठबन्धन प्रति ठुलो शंका रहेको बताए । उनले अप्राकृतिक ढंगले अहिलेको बाम गठबन्धन बनेकाले यसले प्रजातान्त्रिक अधिकार खोस्ने त हैन भन्ने शंका उत्पन्न भएको बताए । त्यस्तै प्रदेशसभा ख का उम्मेदवार जित बहादुर मगरले पनि गठबन्धनका जितको उन्मात चड्दा उनीहरुको कार्यदिशामा प्रश्न चिन्ह् खडा भएको बताए । उनले ५ बर्षका लागि जनताले दिएको मतलाई समृद्धि र विकासका लागि उपयोग गर्न गठबन्धनलाई आग्रह गरे । निर्वाचनमा पराजित भएपनि जनतासामु गरेका प्रतिवद्धताहरु पुरा गर्ने उनको भनाई छ ।
मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार पुर्ण बहादुर तामाङ बाम गठबन्धनकका श्याम कुमार श्रेष्ठ संग ६ हजार ३ सय ४६ मतले पराजित भएका थिए । त्यस्तै प्रदेश सभा क का नेपाली काँग्रेसका उम्मेदवार रत्न कार्की बाम गठबन्धनका शान्ति प्रसाद पौडेलसंग ६ हजार ३ सय ११ र प्रदेशसभाको ख का उम्मेदवार जित बहादुर मगर पनि १२ हजार २ सय ६ मतले पराजित भएका थिए ।