रामेछापमा टाटासुमो दुर्घटना , २ जना गम्भिर

  • प्रकाशित मिति: सोमबार, मंसिर २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर २५ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ छत्रे पोखरी मा सोमबार टाटासुमो दुर्घटना हुदा २ जना गम्भिर घाईते भएका छन् । रामेछापको पुरानो सदरमुकाम रामेछाप बाजारबाट सदरमुकाम मन्थली आउदै गरेका ना १ ज ३९७७ नम्बरको टाटा सुमो दुर्घटना हुदा चालक सहित २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाको छ । दुर्घटनामा परि घाईते हुनेमा चालक सिन्धुली जिल्ला हतपते निवासी बर्ष ३९ लाका मधु बहादुर घले र रामेछाप नगरपालिका वडा नम्बर १ हिमगंगाका ६२ बर्षका मान बहादुर दलामी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचार भैरहेको छ ।