रामेछाप । मंसिर २५ गते,
रामेछापको मन्थलीमा विपद् जोखिम न्यूनीकरण मूलप्रवाहिकरण तालिम सोमवार सम्पन्न भएको छ । सामुदायिक विकास समाज मन्थलीको आर्थिक सहयोगमा सामुदायिक प्रकोप ब्यवस्थापनको राष्ट्रिय संजाल नेपाल जिल्ला शाखा रामेछापले तालिमको आयोजना गरेको हो । सामुदायिक प्रकोप ब्यवस्थापन समितिका जिल्ला तथा स्थानीय स्तरका पदाधिकारीहरुको सहभागीता रहेको तालिममा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अवधारणा, बनेका ऐन कानून तथा विपद न्यूनीकरणका लागि खेल्नु पर्ने भूमिका, मानवअधिकार, लैँगिक हिँसा, सामुदायिक प्रकोप ब्यवस्थापन समितिको काम कर्तब्य, अधिकार, भूकम्पपछिको पून निर्माणका कार्यविधिहरु लगाएतका विषयहरुमा जानकारी गराइएको थियो ।
तालिमलाई राष्ट्रिय पून निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापका प्रमुख ऋषिराज आचार्य, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत गोविन्द कटेल, रामेछाप बार इकाईका अध्यक्ष पाण्डब प्रसाई, सबल कार्यक्रम रामेछापका जिल्ला संयोजक थीरबहादुर थापा र सामुदायिक प्रकोप ब्यवस्थापनको राष्ट्रिय संजाल नेपाल जिल्ला शाखा रामेछापका अध्यक्ष उमङ्ग मैनालीले सहजीकरण गरेका थिए । तालिमका सहभागीहरुलाई राष्ट्रिय पून निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं प्रमुख प्रशिक्षक ऋषिराज आचार्यले प्रमाण पत्र वितरण गरेका थिए ।
रामेछापको मन्थलीमा विपद् जोखिम न्यूनीकरण मूलप्रवाहिकरण तालिम
- प्रकाशित मिति: सोमबार, मंसिर २५ २०७४
- तामाकोसी खबर