ओखलढुंगा । मंसिर २० गते,रामहरि श्रेष्ठ,
ओखलढुंगामा निर्वाचन प्रचारका लागि टागिएका प्रचार सामाग्री हटाउन थालिएको छ । पहिलो चरण अन्तरगत गत मंसिर १० गतेको निर्वाचनलाई लक्षित गरि टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरु हटाउन थालिएको छ । 
उम्मेद्धवारहरुको नाममा भोट अपिल गर्न टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरुले बजारको सौद्धर्याता प्रभावित भएको भन्दै नेपाली काग्रेस ओखढुंगाले प्रचार सामाग्रीहरु हटाउन सुरु गरेको हो । आफ्ना उम्मेद्धवारहरुका नाममा भोट अपिल गरि बजारभर टाँगिएका प्रचार सामाग्रीहरु पुरानो भएर बजार क्षेत्रको सौद्धर्यातामा असर पर्ने भन्दै सफाई अभियान सञ्चालन गरिएको नेपाली काग्रेस ओखढुंगाका सचिव रुद्र प्रसाद अधिकारीले बताए ।
सदरमुकामको मुख्य बजारहरुमा नेपाली काग्रेस,बाम गठबन्धका (एमाले माओवादी केन्द्र) संघिय समाजवादी फोरम लगाएतका दलहरुले प्रचार सामाग्री टाँगेका छन् । अब निर्वाचन सकिएकाले आफ्नो प्रचार आफैले हटाउनुपर्छ भन्दै काग्रेसले टाँसेका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरु लगाएतका प्रचार सामाग्री हटाउन थालिएको सचिव अधिकारीको भनाई छ । यस सफाई अभियानलाई म्यादि प्रहरीहरुले समेत साथ दिएका छन् ।
ओखलढुंगामा निर्वाचन प्रचार सामाग्री हटाउदै नेपाली काँग्रेस
- प्रकाशित मिति: बुधबार, मंसिर २० २०७४
- तामाकोसी खबर