सिन्धुलीमा वाम वामगठबन्धनलद्धारा शक्ति प्रदर्शन

  • प्रकाशित मिति: सोमबार, मंसिर १८ २०७४
  • तामाकोसी खबर

सिन्धुली । मंसिर १८ गते,
सिन्धुलीमा सोमबार वाम गठबन्धनले शक्ति प्रदर्शन गरेको छ । मौन अवधि सुरू हुनुभन्दा केही घन्टा अघिमात्र एमाले माओवादी गठबन्धनले निर्वाचन लाई लक्षित गर्दै जिल्ला सदरमुकाम सिन्धुलीमाढी लगायत जिल्लाका ९ वटै स्थानीय तहमा विशाल जुलुस सहितको शक्ति प्रर्दशन गरेको हो । वाम किल्लाको रूपमा लिईदै आएको सिन्धुलीमा नेपाली कंग्रेस मुख्य प्रतिस्पर्धा मा रहेको छ । आगामी २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि आज राती १२ बजेबाट मौन अवधि सुरू हुँदै छ । नेपाली कांग्रेस लगायतका सानादलहरू घरदैलो अभियानमा छन् ।
सिन्धुलीमा लोकतान्त्रक गठबन्धनबाट नेपाली कंग्रेसबाट प्रतिनिधि सभा १ बाट प्रेमचन्द्र दाहाल र २ बाट नरेन्द्र जंग थापा उमेदवार छन् । वाम गठबन्धनबाट १ मा एमालेका गणेश पहाडी र २ बाट माओवादी केन्द्रबाट हरिबोल गजुरेल उमेदवार रहेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेशसभा रहेको सिन्धुलीमा निर्वाचनको लागि सोमबारबाट सबै मतदान केन्द्र र मतदान स्थलमा कर्मचारीहरू खटिएका छन् ।