रामेछापको बेथानलाई निषेधित क्षेत्र फुकुवा गर्ने प्रशासनको तयारी

  • प्रकाशित मिति: बुधबार, मंसिर ६ २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर ६ गते,
बाम गठबन्धन र नेपाली काँग्रेसबिचको टकरावका कारण हुन सक्ने अप्रीय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको रामेछापको सुनापति गाउँपालिका–४ बेथान फुकुवा हुने भएको छ । आफुहरुको कार्यक्रमलाई लक्षित गरि स्थानीय प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै बाम गठबन्धनले मंगलवार जिल्लाको ६३ भनदा बढि स्थानमा विरोधसभा गरि निर्णय फिर्ता लिन दवाव दिएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले बुधबार ११ बजे जिल्ला सुरक्षा परिचालन समितिको बेठक बसेर निषेधित क्षेत्र घोषणा फुकुवा गर्ने तयारी भएको बताए । निर्वाचनमा जनतासँग मत माग्ने अधिकार राजनीतिक दलहरुसंग भएपनि सम्भावित झडपलाई मध्यनजर गर्दै बेथानलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाई छ । प्रशासनले बाम गठबन्धनले मंगलबार बेथानमा गर्ने भनिएको कार्यक्रममा झडप हुने भन्दै चुनावी सभा रोक्न सोमवार निषेधित क्षेत्र घोषणा गरेको थियो ।