रामेछाप । मंसिर ५ गते,
रामेछाप जिल्लाको विभिन्न ठाउँमा मंगलबार बाम गठबन्धनले बिरोध सभा गरेका छन् । जिल्लाको सुनापती गाउँपालिका बेथानमा मंगलबार गर्न लागेको जनसभालाई प्रशासनले रोकेको भन्दै गठबन्धनले विरोधसभा गरेको हो ।
सदरमुकाम मन्थलीमा गठबन्धनले आयोजना गरेको विरोधसभामा बोल्दै बाम गठबन्धनका तर्फबाट रामेछाप निर्वाचन क्षेत्र नम्बर ख का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले बेथानलाई प्रशासनले विना कारण निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले नेपाली काँग्रेसले निर्वाचन आफ्नो पक्षमा पार्न सक्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाए । उनले कर्मचारी पनि काँग्रेसको पैसाको पछि लागेर मनलाग्दी गर्न लागेको बताए ।
उनले अव बामपन्थीको सरकार चाडै बन्दै छ भन्ने कुरा हेक्का राखेर काम गर्न कर्मचारीहरुलाई चेतावनी समेत दिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिव एवं समानुपातिक उम्मेदवार आनन्द श्रेष्ठले आफुहरु अहिले धर्य गरेर बसेको बताए ।
यदि बाम गठबन्धनको धर्यता टुटेमा मुलुकका कुनै पनि शक्ति रोक्न नसक्ने उनको चेतावनी छ । उनले नेपाली काँग्रेसलाई श्यालको संज्ञा दिए । बाघको छाला ओढ्दैमा श्याल बाघ नहुने भन्दै बाम गठबन्धका अगाडि काँग्रेस कहिले बाघ बन्न नसक्ने बताए ।
बाम गठबन्धनका निर्वाचन परिचालन समिति रामेछापका सचिव नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले बेथानलाई नेषेधित क्षेत्र घोषणा गरेर प्रशासनले लाहाचारी पन देखाएको बताए । रामेछापको बेथानलाई जिल्ला प्रशासनले सोमबार अप्रीय घटना हुन सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको थियो । यसैको बिरोधमा बाम गठबन्धने आफुहरुले निर्धारण गरेको कार्यक्रमलाई बिथोल्नका लागि नेपाली काँग्रेसले सक्ताको दुरुपयोग गरेर वेथानलाई निशेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधसभा गरेको हो ।
यता प्रशासनले भने नेपाली काँग्रेस र बाम गठबन्धनको कार्यक्रम एकै स्थानमा एउटै समयमा भएको भैपरि आउने घटनालाई मध्यनजर गरि निषेधित क्षेत्र घोषणा हो ।