कार्तिक २८, भोजपुर । भोजपुर क्षेत्र नं.२ का वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।
ट्याम्के-मैयुङ गाउँपालिका वडा ७ को कोटस्थित पिखुवा खोलमा करिब १५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडी क्षतिग्रस्त भएको छ । उम्मेदवार राई भने सकुशल छन् । अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् । रार्इका सुरक्षा गार्डको हातमा चोट लागेको छ । बम हानिएपछि सुरक्षामा खटिएका असई डिल्ली देवकोटाले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् ।
नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका केन्द्रीय सचिव मकर खड्काले जानकारी दिए ।
पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेका राईमाथि भोजपुरको टेम्के मैयुङ नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बामा बिहान ९ बजेर ५० मिनेटमा बम हानिएकको हो ।
गोली लगेर सुरक्षा गार्ड असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि सुरक्षा गार्डले २१ राउन्ड जवाफी फायरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ता संग्लन रहेको प्रहरीको अनुमान छ ।