रामेछाप । कात्तिक २२ गते ,
रामेछाप जिल्लामा राजनीतिक दहरुद्वारा निर्वाचन आचासंहिताको उल्लङ्घन भएको छ । दलहरुलबाट आचारसंहिता उल्लङ्घन हुँदा पनि सरोकारवाला निकाय मौन छन् । जिल्लाको सदरमुका मन्थलीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकाका प्रमुख राजनीतिक दलहरुले सार्वजनिक स्थलहरुमा पोष्टर तथा पर्चा टाँसेर आचारसँहिता उल्लङ्घन गरेका छन् ।
दलहरुले निर्वाचन आरसंहिता विपरित राजनैतिक पार्टीको झण्डा र ठुला ठुला पोष्टर समेत प्रकाशन र प्रदर्शन गरी रहेका छन् ।
निर्वाचन आचार संहिता २०७२ को तेस्रो संसोधनले यस्तो कार्य गर्न प्रतिवन्ध लगाएको छ । आचारसंहिताको परिच्छेद २ को उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको ४ ( झ ) मा निर्वाचन प्रचार प्रशारको लागि धार्मीक, सांस्कृतिक, पुरातात्विक, ऐतिहाँसिक स्थल वा सार्वजनीक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायत कुनै पनि सार्वजनीक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
जिल्ला सदरमुकाममा नै निर्वाचन आचार संहिता विपरित काम हुँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । जिल्लामा केहि समय अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलिय बैठकमा राजनैतिक दलहरुले निर्वाचन आचार संहिताको पुर्ण पालना गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी स्थानीय प्रशान र मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि आचारसंहिता विपरिक काम गर्नेलाई कारवाही गर्ने बताएका थिए ।
सदरमुका मन्थली बजारमा ध्वजा पतका टाँगे झै राजनितिक दलहरुले पार्टीको झण्डा टागेका छन् । सदरमुकाम मन्थलीका सार्वजनिक चौतार, पोल, तथा सार्वजनिक स्थानमा भित्तानै नदेखिनेगरी पार्टीको झण्डा र पोष्टर टासिएका छन् ।
यो कार्य निर्वाचन आचारसंहिता विपरित भएको निर्वाचन आचारसंहिता अनुगमन समिति रामेछापका अनुगमन अधिकृत रोशनकुमार घिमिरेले बताए । उनले यस विषयमा छलफल भई रहेको र चाँडै निर्णयमा पुग्ने बताए ।
उनले यसका बारेमा सम्बन्धीत राजनैतिक दलहरुलाई आवश्यक निर्देशन दिसकिएकाले दलले नमानेमा प्रहरीले सबै हटाउने बताए ।