उदयपुर सुमो दुर्घटना ८ जनाको मृत्यु , ३ जना घाइते

  • प्रकाशित मिति: सोमबार, कार्तिक १३ २०७४
  • तामाकोसी खबर

उदयपुर । कार्तिक १३ गते,
उदयपुरको कटारीबाट ओखलढुगाको लागि छुटेको टाटासुमो दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । सोमवार उदयपुरबाट कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं. ८ ठाँटीमा दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । टाटासुमो कटारीबाट ९ जनाको चलान लिएर ओखलढुगाका छुटेको र अन्य यात्रु बाटोमा चढाएको हुन सक्ने श्रेष्ठले बताए । घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोली र स्थानीयबासी उद्धार कार्यमा खटिरहेका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ ।