दोलखा । कार्तिक ११ गते,
प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि दोलखामा १२ मतदान केन्द्र थपिएको छ । मतदाताको संख्या बढेसँगै जिल्लामा १२ मतदान केन्द्र थप गरिएको हो । स्थानीय तह चुनावका लागि जिल्लामा एक सय ७८ मतदान केन्द्र रहेकामा अहिले एक सय ९० मतदान केन्द्र तोकिएको छ ।
जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतीका अनुसार कालिनाग मावि सुनखानी, सर्वमावि जिलु, साखिने आधारभूत विद्यालय, हनुमन्तेश्वर मावि ज्यामिरे, गोल्मेश्वर मावि डाडाँगाउँ, जनजागृति मावि भोटेछापमा मतदान केन्द्र थप गरिएको हो ।
यसैगरी महेन्द्रोदय मावि च्यामा, गाविस भवन भुषाफेदा, जुगेश्वरी प्रावि शैलुङ, मागापौवा मावि, गाविस भवन शैलुङ, त्रिवुभव मावि मेलुङमा मतदान केन्द्र थप गरिएको हो । एउटा मतदान केन्द्रमा एक हजार ६४ मतदाता हुनुपर्नेमा त्यो भन्दा बढी मतदाता भएपछि आवश्यकता अनुसार थप गरिएको निर्वाचन अधिकारी उप्रेतीले जानकारी दिनुभयो । मतदान स्थल भने ९४ नै कायम छ ।
आगामि निर्वाचनका लागि दोलखामा १२ मतदान केन्द्र बढ्यो
- प्रकाशित मिति: शनिबार, कार्तिक ११ २०७४
- तामाकोसी खबर