रामेछाप । कार्तिक ९ गते,
आगामि मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुले निर्वाचन चिन्ह् पाएसंगै रामेछापमा निर्वाचनको माहोल तातिएको छ । जिल्लाका मुख्य राजनीतिकदलहरु निर्वाचन जित्ने रणनितिका साथ प्रचारप्रसारकोे योजना बनाउन लागेका छन् ।
सरोकारवाला निकाय पनि भएरहित वाताबरण निर्वाचन सम्पन्न गर्न चनाखो बनेका छन् ।
यसै कुरालाई ध्यानमा राखि बिहिबार सदरममुका मन्थलीमा निर्वाचन आचासंहिताका सवालमा सर्वदलिए बैठक सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्मपन्न बैठकमा निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिता पुर्णरुपमा पालना गर्ने दलहरुले प्रतिवद्धता जनाएका छन् । 
बैठकमा बोल्दै मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले सबै निकायले निर्वाचन आचासंहिताको पुर्ण पालना गर्ने बिश्वास ब्यक्त गरे । उनले सबैले आआफ्ना ठाउँवाट आचासंहिताको पालना गरे निर्वाचन मार्यादित हुने बताए । विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधिहरु, जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने बाम गठबन्धन र लोकतान्त्रीक गठबनधनको चुनावी प्रचार प्रसार समयतालिका केहि ठाउँमा जुधेको बताए । उनले यसका लागि सम्बन्धीत दलसंग बसेर समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रोशन घिमिरेले यो निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख सम्म निर्वाचन प्रचार खर्च गर्न पाउने बताए ।
उनले समानुपातिक तर्फ प्रतिनिधिसभा तर्फ २ लाख र प्रदेशसभातर्फ १ लाख ७५ हजार सम्म खर्च गर्न पाउने बताए । त्यसैगरी प्रतिनिसभा सदस्यका उम्मेदवारले प्रचारप्रसारका लागि मुख्य निर्वाचन अधिकृतको अनुमतिमा ४ वटा हलुका ४ पाङग्रे सवारी साधन र बढिमा ४ वटा मोटरसाइकल प्रयोग गर्न पाउने र सवारी नचल्ने ठाउँमा बढिमा ४ वटा घोडा प्रयोग गर्ने पाउने उनको भनाई छ । उनका अनुसार प्रदेशसभाको उम्मेदवारले २ वटा हलुका ४ पाङग्रे सवारी र वढिमा ४ वटा मोटरसाईकल चुनावी प्रचारमा प्रयोग गर्न पाउने छ । यो निर्वाचनमा राजनितिक दलहरुले निर्वाचन चिन्ह् अंकित पहिरन,टोपी , स्टीकर ,टिसर्ट , लोगो , झोला ट्याटु, गम्छा जस्ता सांकेतिक सामाग्री उत्पादन र प्रयोग गर्न पाउने छैन । 
बैठकमा सहभागिहरुले विगतमा निर्वाचन उलङघन हुँदा पनि सरोकारवालाहरुले केहि गर्न नसकेको गुणासो गरे । यसपटको निर्वाचन आचासंहिता स्वागत योग्य भएकाले यसको कडाईका साथ पुर्ण कार्यान्वयमा ल्याउन सरोकारवाला निकायले भुमिका खेल्नुपर्ने सहभागिहरुले सुझाव दिए ।
निर्वाचन आचारसंहिता पुर्ण पालना गर्ने रामेछापका राजनितिक दलको प्रतिवद्धता
- प्रकाशित मिति: बिहिबार, कार्तिक ९ २०७४
- तामाकोसी खबर
