ओखलढुंगा । कार्तिक ८ गते,
ओखलढुंगा आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काग्रेस ओखलढुंंगालाई सकस परेको छ ।
पार्टिबाट असन्तुष्ट बनेर बागी उम्मेद्धरी दिएका युवा नेता ज्ञानेन्द्र रुम्दालीले उम्मेद्धरी फिर्ता नलिएपछि काग्रेसलाई सकस परेको हो । मंसिर १० गते हुने प्रदेशसभाको निर्वाचन अन्तरगत क्षेत्र नम्बर दुईमा नेपली काग्रेसबाट उमेद्धवार बनेका पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका थिए । ओखलढुंगा क्षेत्र नम्बर १ का सुनुवार दुईमा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै रुम्दालीले उम्मेदवारी दर्ता गराएका हुन् । हाल ओखलढुंंगा तरुण दलका अध्यक्ष समेत रहेका रुम्दालीले चुनाव चिन्ह भर्याङ पाएका छन् । अब भर्याङ चुनाब चिन्हबाटै आफुले चुनाव लड्ने रुम्दालीले बताए । नेपाली काग्रेस ओखलढुंगाले संघिय प्रतिनिधि सभामा रामहरि खतिवडा,प्रदेश सभामा क्षेत्र नं. १ बाट मित्रसेन दाहाल र क्षेत्र नं. २ मा पार्टि सभापति प्रदिप सुनुवारलाई उठाएको छ ।