रामेछापमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिच भिडन्त , बागिले लियो उम्मेदवारी फिर्ता

  • प्रकाशित मिति: बुधबार, कार्तिक ८ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक ८ गते,
आगामि मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन फिर्ता लिने दिन बुधबार रामेछापमा ७ जनाले मनोनयन फिर्ता लिएका छन् । मनोनयन फिर्ता लिनेमा बाम गठनबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादी केन्द्रका ३ जना नेताहरु समेत रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार मनोनय फिर्ता लिनेमा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, र राप्रपा प्रजातान्त्रिकका लालबहादुर घिसिङ रहेका छन् । गुरुङ्ले बाम गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन् । माओवादी केन्द्रकी नेता गुरुङ् यस अघि पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट सभाषद भएकी थिइन् । दोस्रो संविधान सभा निर्वाचनमा उनी काँग्रेसका उम्मेदवारसँग परिाजित भएकी थिइन् । राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी फिर्ता लिएको छ भने गुरुङले वाम गठवन्धनको समर्थमा उम्मेदवारी फिर्ता लिएको बताईन् ।
प्रदेश सभा तर्फ क्षेत्र नं २ बाट राप्रपा प्रजातान्त्रिकका रामकुरमा थाप र स्वतन्त्र उम्मेदवारहरु पेमा दोर्जे तामाङ तथा मैनकुमार मोक्तानले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने मोक्तान माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् । उनले पार्टीसँगको सहमति पछि उम्मेदवारी फिर्ता लिएको जनाए । मोक्तानसँगै बाम गठनबन्धनको विरुद्ध विद्रोही उम्मेदवार बनेका प्रदेश तर्फको क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार हेमन्त पौडेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसै गरी प्रदेश क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गर्ने राप्रपा प्रजातान्त्रिका दीपबहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी निर्णय अनुसार लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने गरि आफूहरुले उम्मेदवारी फिर्ता लिएको राप्रपा प्रजातान्त्रिकका जिल्ला सविच शिवजी घिमिरेले बताए ।
वाम गठवन्धनबाट विद्रोह गरि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नासाथ काठमाडौँ पुगेका उम्मेदवारहरु बुधबार उम्मेदवारी फिर्ता लिन हेलिकप्टरबाट मन्थली आई उम्मेदवारी फिर्ता लिएर पून ः हेलिकम्टरमा नै काठमाडौँ फर्किएका छन् । विनाविभागिय राज्यमन्त्रि श्यामकुमार श्रेष्ठ सहित बाम गठबन्धनबाट विद्रोह गरि उम्मेदवारी दर्ता गर्ने लक्ष्मी गुरुङ, मैनकुमार मोक्तान र हेमन्त पौडेलले हेलिकप्टबाट मन्थली आइपुगेका थिए ।
उनीहरु उम्मेदवारी फिर्ता लिना साथ सोही हेलिकप्टरमा काठमाडौँ फकिएका छन् । उम्मेवदारी फिर्तासँगै रामेछापमा अब बाम र लोकतान्त्रिक गठबन्धका बिच सोझो प्रतिश्पर्धा हुने भएको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ अब विभिन्न १२ राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् । प्रदेश तर्फ १ नं मा ८ वटा राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् भने २ नंमा एक स्वतन्त्र सहित ९ जना उम्मेदवार रहेका छन् । अन्य दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा रहे पनि प्रतिष्पर्धा भने २ वटा गठवन्धनका बिच हुने देखिएको छ । अन्य उम्मेदवारी दिन दलको रामेछापमा ठूलो जनमत छैन ।
बाम गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका श्याम श्रेष्ठ र प्रदेश सभाको क्षेत्र नं १ मा एमालेका शान्तिप्रसाद पौडेल तथा २ मा एमालेकै कैलाश ढुँगेल प्रतिष्पर्धामा छन् । काँग्रेसबाट प्रतिनिधि सभमा पूर्णबहादुर तामाङ र प्रदेशको क्षेत्र नं १ मा रत्न कार्की तथा २ मा जीतबहादुर मगर उम्मेदवार भएका छन् । गएको स्थानीय तह र अघिल्लो संविधान सभा निर्वाचनको मतलाई हेर्ने हो भने काँग्रेस भन्दा बाम गठवन्धनको भोट २ गुनाले बढी छ ।