रामेछाप । कात्तिक ७ गते,
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीको आयोजनामा मंगलबार स्नेह मिलन कार्यक्रम सम्मन्न भएको छ । इलाम उच्चअदालतका न्यायाधिश विरेन्द्रकुमार कर्णको प्रमुख आतिथ्यता तथा जिल्ला अदालत रामेछापका जिल्ला न्याययाधिश कृष्णप्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उच्च अदालतका न्यायाधिश कर्णले ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मानिसलाई जीवन जीउन सिकाउने थलो भएको बताए । उनले अहिले मानिससँग धन सम्पत्ति, सुख सयल सबैकुरा भए पनि शान्ति नभएको बताउँदै मानिसलाई तनाव मुक्त भई शान्ति, हकार्य, भातृत्व, प्रेम र स्नेह सिकाउने थलो राजयोग सेवा केन्द्र भएको बताए ।
रामेछाप जिल्ला अदालतका न्यायाधिश कृष्णप्रसाद पौडेलले योगले मानिसलाई सकारात्मक सोचको विकास गराउने भएकोले ब्रम्हकुमारी राजयोगको महत्व रहेको बताए । कार्यक्रममा ब्रम्हकुमारी सेवा केन्द्रको केन्द्रिय कार्यालय भारतको राजस्थान स्थित आवुटापु पुगेर आएका शिक्षहरुलाई प्रमाणपत्र वितरण वितरण गरिएको थियो । कार्यक्रममा सेवा केन्द्रलाई जग्गा दान गर्ने स्थानीय जयप्रसाद ढुँगेल, कृष्णप्रसाद ढुँगेल र काजिदास श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो ।