रामेछापका पुराना कम्युनिष्ट नेता अधिकारीको निधन

  • प्रकाशित मिति: बुधबार, कार्तिक १ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १ गते,
जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तथा नेकपा एमालेका नेता रिपुमर्दन अधिकारीको मंगलवार राति काठमाडौंको गंगालाल अस्पतालमा निधन भएको छ । ८१ वर्षीय अधिकारी नेपालका पहिलो पुस्ताका कम्युनिष्ट नेता हुन् । आजीवन लाभको पद नलिएका तर निरन्तर कम्युनिस्ट आन्दोलनमा क्रियाशील अधिकारी नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष हुन् । हाल एमाले प्रदेश नम्बर ३ कमिटीका सल्लाहकार रहेका अधिकारीको जन्म रामेछापको साविकको गेलु गाविसमा भएको थियो । अधिकारको शवमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको झन्डा ओढाएका थिए । अधिकारीको अन्तिम विदाइका लागि पशुपति आर्यघाटमा एमाले वरिष्ठ नेता झलनाथ खनाललगायत नेता कार्यकर्ता पुगेका थिए ।