रामेछापको गेलुमा स्वास्थ्य शिविर , ५ सय सर्वसाधारणद्धरा स्वास्थ्य परिक्षण

  • प्रकाशित मिति: बुधबार, असोज २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज २५ गते, कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा स्थानीय एक सामाजिक संस्थाले स्वास्थ्य शिविर राखेको छ । कालिन्चोक फाउण्डेशन नेपालले संचालन गरेको स्वास्थ्य शिविरमा गेलु , फुलासी , चनखु लगाएतका ठाउँबाट आएका ५ सय सर्वसाधारणले स्वास्थ्य सुविधा लिएका छन् । पशुपति आधारभुत विद्यालय भुलभुलेमा संचालन भएको स्वास्थ्य शिविरमा नाक , कान , घाँटी , आखाँ , दात र स्त्रीरोग सम्बन्धी परिक्षण गरि औषधि समेत बितरण गरिएको थियो । स्वास्थ्य शिविरमा तामाकोशी सहकारी अस्पताल मन्थली , विपि स्मृति अस्पताल काठमाण्डाँै, मार्क फर्मुलेशन प्रा.लि काठमाण्डौ , वाइएसपि नेपाल रामेछाप र लाइन्स क्लब काठमाण्डौ लगाएतका सामाजिक संस्थाहरुले शिविरमा सहयोग गरेको कालिन्चोक फाउण्डेशनका अध्यक्ष दिनेश कुमार खड्काले जानकारी दिए ।
शिविरमा विपि स्मृति अस्पताल काठमाण्डौका डा. रजनी बानिया , डा . कृति अधिकारी सुवेदी ,तामाकोशी सहकारी अस्पताल रामेछापका डा. सुमन कर्माचार्य, विरेन्द्र सैनिक अस्पताल छाउनीका स्त्रीरोग विषेसज्ञ डा. कोपिला राई , जर्मन दन्त विज्ञ जोन एडर्सनले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिविर शुभारम्भमा वडा अध्यक्ष कृष्णहरी अधिकारी , मार्क फर्मुलेशनका प्रतिनिधि अच्चुत राज अधिकारी , कालिन्चोक फाउण्डेशनका प्रतिनिधि लगाएत गरेका थिए । स्वास्थ्य शिविर राखेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनिहरुले घरदैलोमै स्वास्थ्य शिविर राखेर महत्वपूर्ण काम गरेको बताए ।