असोज ७, मन्थली ।
तेस्रो मन्थली नगर कप फुटवलको शुक्रबार भएको खेलको लागी जब आयोजक दिपशिखा र नेपाल आर्मी नन्दबक्सका खेलाडीहरु मैदानमा आयो, सबै दर्शकको मनका थियो की खेल रोचक हुनेछ । खेल चल्दै गयो नन्दबक्स गणका खेलाडिहरुले खासै राम्रो प्रदर्शन गर्न नसकेपछि आयोजक दिपशिखाका खेलाडीहरु खेलमा हावी हुदै जाँदा रोचक घटनाहरु हुदै गयो । पहिलो हाफमा आयोजक दिपशिखाले २–० ले खेल आफ्नो पक्षमा पारिसकेको थियो । यसैक्रममा अनौठो व्यवहार दर्शकहरुले देखे जुन लाइन्स म्यान र प्रमुख रेफ्रीले जानीजानी एकपक्षिय गर्दै थियो ।
खेलमा ३–० को अबस्था थियो जुन ७० मिनेटको पेरीफेरीमा चल्दैै गर्दा नन्दबक्स गणका खेलाडीहरुको पेनाल्टी एरियामा किपरले पञ्च गरे तर रेफ्रीले नन्दबक्सको खेलाडीलाई पहेलो कार्ड देखाउदै पेनाल्टीको अबसर आयोजकलाई दिइयो । आर्मिका खेलाडीहरु एकाएक आश्चार्य भयो र रेफ्रिलाई गल्ती नभएको स्पष्टीकरण दिइरहेको थियो । बाहिर दर्शकहरुले आयोजकको खेलाडीले हेन्स गरेको तर कार्ड आर्मीलाई दिइयो भन्दै होहल्ला गर्दै गयो र खेल छोडेर बाहिर आउन आर्मीको क्याप्टेनले आदेश दिए पछि रेफ्रीले आयोजक दिपशिखा विजयी भएको घोषणा ग¥यो ।
मन्थलीको आकासेमा असोज ५ गते बाट सुरु भएको तेस्रो मन्थली नगर कप फुटवल खेलले आयोजकलाई निल्नु की ओकल्नु जस्तै भएको छ । आयोजकले गरेको व्यवहार राम्रो नभएको एकापक्षको आरोप सहनु छ भने अर्काे पक्ष लाइन्स म्यान र रेफ्रीलाई नहटाए सम्म आइन्दाको खेल राम्रो नहुने आर्मीका खेलाडीहरुको चेतावनी । यसैसम्बन्धी तामाकोसी अनलाइनले जिज्ञासा राख्दा आयोजक क्लवका अध्यक्ष सुुरेन्द्र कार्कीले रेफ्रिको जानीनजानी कमिकमजोरी हुनसक्ने भएपनि जितिसकेको खेललाई सुरुदेखी खेलाइने कहि नियम नभएको बताए भने नन्दबक्स गणका क्याप्टेनले लाइन्स म्यान र रेफ्रि परिवर्तन नगरेसम्म खेल निश्पक्ष नहुने बताए । जे होस् आइन्दाको खेलहरु के कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ ।