रामेछाप । असोज ३ गते,
नेकपा एमाले रामेछापले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबारबाट प्रशिक्षण दिन सुरु गरेको छ । सदरमुकाम मन्थलीमा सुरु भएको प्रशिक्षणमा १ नगरपालिका र ४ गाउँपालिकाबाट निर्वाचित प्रमुख उपप्रमुख ,अध्यक्ष , उपाध्यक्ष सहित वडा अध्यक्ष लगाएत सदस्यहरुले सहभागिता जनाएका छन् । 
सहभागिहरुलाई पुर्व सांसद एवं स्थानीय निकाय विज्ञ कृष्णप्रसाद सापकोटाले प्रशिक्षण दिरहेका छन् । जनप्रतिनिधिहरुलाई स्थानीय निकायमा जनताको कामलाई कसरी प्रभावकारी ढंगले गर्ने , स्थानीय निकायमा सुशासन कायम गरी आर्थिक समृद्धिमा गर्नुपर्ने प्रयासहरुका बारेमा बिषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । नेकपा एमाले जिल्ला कमिटि रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा वैकल्पीक केन्द्रीय सदस्य देवशंकर पौडेल , पुर्व सांसद कमल प्रकाश सुनुवार , नेता कैलाश प्रसाद ढुंगेल, केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकी लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले संक्रमण काललाई व्यवस्थापन गरी जनताको आवश्यकतालाई सम्वोधन गर्नुसक्नुनै निर्वाचित जनप्रतिनिधिहरुको प्रमुख दायित्व भएको बताए । प्रशिक्षणको दोस्रो दिन बुधबार पुर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे , युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगलले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।