संविधान दिवस रामेछापमा पनि मनाईयो , संविधानको रक्षा गर्नु सबैको दायित्व हो : गृह–राज्यमन्त्री श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, असोज ३ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ३ गते,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै अवसरमा मंगलबार रामेछापमा विभिन्न कार्यक्रमको आयोजान भएको छ ।   दिवसका अवसरमा सदरमुका मन्थलीमा प्रभात फेरीको आयोजना भएको थियो ।
सरकारी तथा गैर सरकारी संघ संस्था, प्रमुख एवं प्रतिनिधि , नागरिक समाज , पत्रकार ,वुद्धिजिवी , सुरक्षा निकाय लगाएत सर्वसाधारणको सहभागिता प्रभातफेरी देवकोटा चोकबाट सुरु भई बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको कार्यालयमा संविधान दिवस समारोहमा पारिणत भएको थियो । संविधान दिवस जिल्ला मुल समारोह समिति रामेछापका संयोजक एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रममा गृह–राज्यमन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको संविधान समावेशी सहित समाज उन्मुख रहेको बताए । उनले लामो समयको त्याग र वलिदानवाट प्राप्त भएको संविधान रक्षा गर्नु सबैको दायित्व भएको बताए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेपालको संसिवधानको पुर्ण कार्यान्वयन हुने र देशले विकासको गति लिने बताए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले प्रतिनिधि र प्रदेशसभा निर्वाचन पछि देशले आर्थिक , सामाजिक क्षेत्रको विकासमा फड्को मार्ने बताए । उनले संविधानको पालना र रक्षा गर्न सबैको दायित्व भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, एमाले अध्यक्ष शान्ति प्रसाद पौडल लगाएतले संविधान दिवसका अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।