असोज २,३ र ४ गते रामेछापमा विविध कार्यक्रम गरि संविधान दिवस मनाईदै

  • प्रकाशित मिति: आइतबार, असोज १ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज १ गते,
असोज २ ,३ र ४ गते संविधान दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको संयोजकत्वमा आईतबार बसेको सरोकारवालाहरुको बैठकले ३ दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । असोज २ गतेदेखी ३ गते सम्म जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संघ संस्था, बजार क्षेत्र एवं घरघरमा साँझको समयमा दिपावली गर्ने बैठकले निर्णय गरेको छ । बैठकले दिवसका अवसरमा जिल्ला स्वाथ्य कार्यालय रामेछापको संयोजनमा विभिन्न अस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफूल बितरण गर्ने निर्णण पनि गरेको छ । त्यसैगरी असोज ३ गते बिहान ७ बजे सदरमुकाम मन्थलीको देवकोटा चोकमा भेला भई प्रभातफेरी सहित बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको कार्यालयमा प्रवचन कार्यक्रम गर्ने ,नेपालको संविधानको विविध बिषय र यसको कार्यान्वयनको अवस्थाका सवालमा रेडियो परिसंम्वाद संचालन गर्न सबै सञ्चार माध्ययमहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकल ेसंविधान दिवसकै अवसरमा जिल्ला शिक्षा कार्यालय रामेछापको संयोजनमा नेपालको संविधानका बिषयमा विद्यालय स्तरीय निवन्ध प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।