राष्ट्रिय बाल दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ३० २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ ३० गते,
राष्ट्रिय बाल दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने मुल नाराको साथ बिहान सदरमुकाम मन्थलीमा ¥यालि निक्लीएको थियो ।
¥यालि जिल्लामा महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा जिल्ला बालकल्याण समितिले आयोजना गरेको हो । जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा भएको ¥यालि मन्थली बजार परिक्रमा गरि मन्थली माविको सभाहलमा पुगरेर सभामा परिणत भएको थियो ।
जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समते गरेका थिए ।
दिवसकै अवसरमा तामाकोसी इङ्लिस बोर्डिङ स्कुल मन्थलीले विविध साँस्कृति कार्यक्रमका अयोजना गरेको थियो । यस गरी खाँडादेवी गाउँपालिकामा पनि विविध कार्यक्रमका साथ दिवस मनाइएको थियो ।
दिवसको अवसरमा रामेछापको खाडादेवी गाउँपालिकामा पनि माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खाडादेवी गाउँपालिकाका श्रोत व्यक्ति रामकृष्ण श्रेष्ठको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा गाउँपालिका भरीका १२ वटा विद्यालयले भाग लिएका थिए । जसमध्य प्रायोगेश्वर माध्यामिक विद्यालय पकरवास पहिलो , राकाथुम मावि राकाथुम दोस्रो , ज्योति मावि गाल्पा तेस्रो भएका छन् ।
प्रतियोगितमा पहिलो , दोस्रो र तेस्रो हुने विद्यालयहरुलाई क्रमस नगद ४ हजार ५ सय , ३ हजार र २ हजार १ सय सहित प्रमाणपत्र लगायत शैक्षिक सामाग्री प्रदान गरिएको छ । खाडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा एसइई परिक्षामा ए प्लस श्रेणी ल्याउने राजेश घिमिर र दिवस केसीलाई प्रतिव्यति १० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको महिला र बालबालिकाको सवालमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा खाडादेवी गाउँपालिकाले आयोजना गरेको हो ।
मन्थली नपा १२ को गेलुमा पनि बालदिवस विविध कार्यक्रमका साथ मनाइएको छ । सिडिएसको सहयोग र वडा कार्यालयको आयोजनामा वडा कार्यालयमा विद्यार्थीहरुले विभिन्न बाल गित, कविता लगायत वाचन गरेका थिए । वडा अध्यक्ष कृष्णहरि अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्का , उपप्रमुख दीपा पाख्रिन , मन्थली नगरपालिकाकी उपप्रमु मायाँ कार्की, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायतले बोलेका थिए ।