रामेछाप । भदौ २४ गते,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले असोज २ गते हुने प्रदेश नम्बर २ को तेस्रो चरणको स्थानीय तहमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । उनले २ नम्बर प्रदेशकोे अधिकांस स्थानीय तहमा नेपाली काग्रेसले जित्ने दाबि गरे । रामेछापको सदरमुकाम मन्थलीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा पार्टीभित्र रहेर अन्र्तघात गर्नेहरुलाई कार्वाही गर्ने चेतावनी पनि दिए ।
उनले ककसले अन्र्तघात गरेको हो त्यसको पत्तालगाउने काम भने जिल्ला कार्य समितिको हुने उनको बताए । पूर्व मन्त्री समेत रहेका डा. महतले रामेछाप काँग्रेस भित्रको कुरा बाहिर आएको भन्दै दुख व्यक्त गरे । उनले घरभित्रको साना तिना विवादहरु सामाजिक सञ्जालमार्फत बाहिर आउनु राम्रो नभएको बताए । फरक प्रशंङगमा बोल्दै मन्त्री महतले संविधान संसोधन हुने दस्ताबेज भएपनि तत्काल भने संसोधन नहुने बताए । उनले अब प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन, प्रदेस र केन्द्रको निर्वाचन समपन्न भएपछि मात्रै संविधान संसोधनको कुरा अगाडि बढ्ने बताए । अहिले कसरी हुन्छ निर्धारित समयमै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले सबैशक्ति यसैमा लगाउनुपर्ने उनको भनाई छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोईरालाको १ सय ४ औ जन्मजयन्तीको अवसर पारी रामेछाप आउका नेता डा. महतले सदरमुकाम मन्थलीमा रहेको विशेश्वर प्रसाद कोईरालाको शालिकमा माल्र्यापन समेत गरेका थिए ।
प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्छ : नेता महत
- प्रकाशित मिति: शनिबार, भाद्र २४ २०७४
- तामाकोसी खबर