भ्रष्टचार विरुद्धको दिवसमा रामेछापमा अन्र्तक्रिया, सबै क्षत्रमा भ्रष्टचार भएको जनगुनासो

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ २३ गते,
आज भ्रष्टचार विरुद्धको दिवस रामेछापमा पनि सरोकारवाला निकाय बिच अन्र्तक्रिया कार्यक्रम गरि मनाइएको छ । मानवअधिकार संरक्षण सञ्जाल रामेछाप र भ्रष्टचार विरुद्धको स्थानीय समन्वय समिति रामेछापले आयोजना गरेको कार्यक्रममा रामेछाप जिल्लामा भ्रष्टचार निर्मूल पार्नका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक एवं नेपाल बार इकाई रामेछापका अध्यक्ष पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्क , मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा, गैरसरकारी संस्था माहासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङले सहभागिहरुले उठाएका प्रश्नका जवाफ दिएका थिए ।
कार्यक्रममा सहभागिहरुले रामेछापका हरेक निकायमा देखिने र नदेखिनेगरी भ्रष्टचार भैरहँदा पनि सरोकारवाला निकाय थाहानै नभएको जस्तो गरी बसेको बताए । उनीहरले गाउँ र नगरपालिकाको वडा वडामा गएका बजेट मनलाग्दी र राजनितिक पहँुचका आधारमा खर्च भैरहेको भन्दै गुनासो गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले विकास निर्माणका काममा भ्रष्टचार हुने सम्भावना रहेकाले जिल्ला समन्वय समितिले यसको प्रभावकारी अनुगमन गर्ने बताए । यसका लागि सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको भनाई थियो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्र हुने भ्रष्टचार निर्मुल पार्नका लागि सदैव लागिपर्ने बताए । नगरको विकासका लागि ल्याईएको योजनाहरुका बारेमा कार्यान्वयन गर्ने सरोकारवाला निकायले सहयोग नगरेको उनले बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिलप लामिछानेले भ्रष्टाचार हुन नदिनका लागि सबैले म म भन्नुपर्ने बताए । उनले यसमा सबै क्षेत्रका नागरिक सचेत भए भ्रष्टाचार अन्त्य हुने बताए । रामेछाप उद्योग बाणिज्यसंका अध्यक्ष श्याम थापाले बजारमा कालोबजारी गरेको प्रमाणसहित ल्याए वाणिज्य संघले त्यस्ता व्यवसायीलाई कार्वाही गर्ने बताए । उनले सबै क्षेत्रमा देखिने गरि र नदेखिने गरी भैरहेका भ्रष्टचार भ्रष्टचार जन्य क्रियाकलाप बन्द गर्नका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङले गैरसरकारी संस्थाको क्षत्रमा कुनैपनि अनियमितता नभएको दाबि गरे ।