ओखलढुंगाको लिखुमा गाउँपालिकामा १ सय ७८ जनालाई नागरीकता बितरण

  • प्रकाशित मिति: शुक्रबार, साउन २७ २०७४
  • तामाकोसी खबर

ओखलढुगां । साउन २७ गते, रामहरि श्रेष्ठ,
ओखलढुगांको लिखु गाँउपालिकामा १ सय ७८ जनालाई नागरिकता बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यलयको अयोजनामा सञ्चालीत दुईदिने शिबिरमा १ सय ७८ जनाले नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताए । जिल्ला प्रशासन कार्यलय ओखलढुगांले जिल्लाको सबैभन्दा दुर्गम पश्चिमी गाबिसमा स्थानीय तहको चुनाबपछि पहिलो पटक शिबिर संचालन गरेको हो । यस्तै २ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीको भनाई छ । नागरिकता लिनेमा बढी महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीको भनाई छ ।