डोटी । साउन २१ गते,
डोटी जिल्लामा शुक्रबार राती भएको जीप दुर्घटनामा परि ९ जनाको ज्यान गउको छ । राती ११ बजे डोटीको बोगटान गाँउपालिकाको गगुडामा भएको दुर्घटनामा ९ जनाको गएको छ भने ७ जना घाईते भएका छन् ।
घाईतेमध्य ४ जना गम्भीर छन् भने ३ जना समान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहका अनुसार शैलेश्वरी यातायातको से १ ज ७९१ नम्बरको जीप बोगटान ६ गगुडाको धारमा चिप्लीएर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बोगटान गाउँपालिका १ का ३५ वर्षिय विष्णु बहादुर मगर, ५० वर्षिय बुढो घर्तिमगर, ४५ वर्षिय गोरख थापा, ४५ वर्षकी ललिता पुन मगर, ४८
वर्षिय शसिराम बहादुर पुनमगर, ४० वर्षिय टेक बहादुर पुन मगर, ३० वर्षिय चन्द्र बहादुर घर्तिमगर, ५५ वर्षिय भीम घर्तिमगर र जीप चालक शिखर नगपालिका १ बस्ने २८ वर्षिय विष्णु नेगी रहेका छन् । यस्तै गम्भीर घाइते हुनेमा दल बहादुर पुन मगर , हर्क बहादुर घर्तिमगर, बिर बहादुर घर्तिमगर, प्रकाश घर्ति मगर रहेका छन् । जीप सडकबाट ४ सय मिटर तल खसेको छ । घाईतेहरुको डोटीको सुजङ अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
डोटीमा जीप दुर्घटना हुदा ९ जनाको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, साउन २१ २०७४
- तामाकोसी खबर