कर्मचारी सञ्चय कोषमा २८ जना कर्मचारीको लागि जागिर खुल्यो

  • प्रकाशित मिति: बुधबार, साउन १८ २०७४
  • तामाकोसी खबर

१८ साउन काठमाडौं । कर्मचारी सञ्चय कोषमा २८ जना कर्मचारीको लागि जागिर खुलेको छ ।
कर्मचारी सञ्चय कोषमा ५ जना साखा अधिकृत र २३ जना प्रमुख सहायक पदका लागि जागिर खुलेको हो । कर्मचारी सञ्चय कोषले बुधबार एक सुचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ ।

शाखाअधिकृत पदमा प्रशासन तर्फबाट दुई जना खुला र दुईजना महिला तथा आदीबासी बाट माग गरिएको छ । त्यसैगरि शाखा अधिकृत पदमा कानुन तर्फबाट भने एक जना मागीएको छ । त्यस्तै प्रमुख सहायक पदमा खुला तर्फबाट १३ जना कर्मचारीको माग गरिएको छ । प्रमुख सहायक पदमै आदीबासी जनजातीबाट ३, मधेसी, दलित र पिछडिएको क्षेत्रबाट एकएकजना गरि थप जनाको पनि माग गरिएको छ ।
यसमा आवेदन दिनको लागि २१ वर्ष पुरा भएको र पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्रशासन तथा कानुन समुहको साखा अधिकृतको लागि आवेदन दिनेले १ हजार १ सय २छ रुपैयाँ बुझाउनुपर्ने छ।



साथै थप समुहबाट पनि आवेदन दिन चाहेमा भने ५ सय रुपैयाँ थप्नुपर्नेछ । त्यस्तै, प्रमुख सहायक पदमा आवेदन दिनेले भने ६ सय २५ रुपैयाँ शुल्क बुझाउनुपर्दछ । थप समुहबाट पनि आवेदन दिन चाहेमा भने ३ सय रुपैयाँ थप्नुपर्ने कर्मचारी सञ्चयकोषले जानकारी दिएको छ ।