काठमाडौं, साउन १६ –सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले च्यातिएका मतपत्र बदर मानी अरु मतगणना गर्न माग गर्दै परेको रिट निवेदन खारेज गरेको हो । यससँगै भरतपुर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश समेत निष्कृय भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्नु भन्ने सर्वोच्च अदालतको फैसला आएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेका छन् ।
यस्ता छन् सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया
चुनाव हार्ने भए पछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला?अब जनताले नै फैसला गर्नुपर्ने भो!
भरतपुर बारेमा सर्बोच्चको फैसलाप्रतिको टिप्पणी
नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान ब्यक्त गर्दछ । न्यायलयको गरिमालाई उच्चो राख्न सदैब कृयाशिल रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रस्सय दिएको छ । नागरिकको सर्बोच्चता तथा जनमतलाई अपमानित गरेको छ । तथापि भरतपुरका जनताले पुन आफ्नो जनमत मार्फत नागरिकको सर्बोच्चतालाई स्थापित गर्नेछन । हामीलाई भरतपुरका जनताप्रति पुरा भरोसा छ । नेपाली जनताले पटक पटकको भदौ १२ लाई कहिलेसम्म सहनु पर्नेहो ?
Govinda Adhikari @agovinda पत्रकार
सर्वोच्च अदालतले पुनस्मतदान गराउने निर्णयगरेर महागल्ती गरेकोछ।यसको दूरगामी नकारात्मक प्रभाव पर्नेछ।यस्तै निर्णयले हो अदालतको साख समाप्त हुने।
Matrika Poudel पत्रकार
फैसला यस्तै आउछ भन्ने पूर्वानुमान छँदै थियोःऔपचारिकताका लागि साँझ ७ बजेसम्म सर्बोच्च अदालतका प्रवक्ताको कोठा कुरियोःप्रवक्ताले भन्दा पहिले महान्यायाधिवक्तालेनै फैसला लिक गरिसकेछन्ःबेकारमा मेरो मोटरसाइकल बार एशोसियसनमा कैद भयो,एउटा मन्त्रालयका सचिवलाई डेढ घण्टा कुराउनुपरोःभरतपुर प्रकरणबाट पर्न गएको सम्पूर्ण असुबिधाप्रति सखेद दुःख व्यक्त गर्दै अपिसको मोटरसाइकल सापटी लिएर घर प्रस्थान गर्ने निर्णय भयो #Bharatpur #Repolling
Rabindra Adhikari @RabindraADH
मतपत्र च्यातिनेकुरा सुनियोजित र प्रायोजित थियो,मतपत्र च्यात्ने उमेद्वारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम।
टेकनारायण भट्टराई पत्रकार
खाल्डा पुर्ने १५ दिने म्याद सकिएकै दिन सर्बोच्चले नेपालको निर्वाचन इतिहासमा कहिल्यै नपुरिने खाल्डो खन्यो।
Kishor Kishor पत्रकार किशाेर श्रेष्ठ
भरतपुर–१९ का जनताले आफ्ना जनप्रतिनिधि छान्न फेरि मतदान गर्नपर्ने । सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिस्र र पुरुषोत्तम भण्डारीको आदेश आयो । यही नजिरलाई टेकेर हार्नेले धमाधम मत च्यात्न पाउने नजिर बस्यो ।
Nilamber Acharya @nilacharya
भरतपुर वडा नं १९ मा पुन मतदान गराउने आदेश होला भन्ने सोचेको थिइनँ।
प्रदीप ज्ञवाली @PradeepgyawaliK
हार्ने निश्चित भइसकेपछि मतपत्र च्यात्ने दलका प्रतिनिधि । त्यसलाई संरक्षण गर्ने निर्वाचन आयोग । त्यही प्रवृत्तिलाई सघाउने अदालती फ़ैसला ।