रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाका जनप्रतिनिधिहरु सम्मानित

  • प्रकाशित मिति: सोमबार, साउन ९ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन ९ गते,
पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलाल श्रेष्ठको ३९ स्मृतिका अवसरमा रामेछापका ८ वटै स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सदमुकाम मन्थलीमा आईतबार एक कार्यक्रमको आयोजना गरी विजयि भएका जनप्रतिनिधिहरुलाई एमाले वरिष्ठ नेता एवं पुष्पलाल स्मृति प्रतिष्ठान काठमाण्डौका अध्यक्ष माधव कुमार नेपालले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरि सम्मान गरेका हुन् । कार्यक्रममा रामेछापकी स्कोच तर्फकी राष्ट्रिय खेलाडी भावना सुनुवारलाई पनि सम्मान गरिएको थियो । उनलाई बरिष्ठ नेता नेपालले १० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरे । कार्यक्रममा एमाले सांसद पशुपति चौलागाई , नागेन्द्र चौधरी , नेता रघुजी पन्त ,लोककृष्ण भट्टराई एमाले केन्द्रिय सदस्य देवसंकर पौडेल , जेष्ठ कम्युनिष्ठ मञ्चका केन्द्रिय सदस्य रिपुमर्दन अधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेता नेपालले नवर्निवाचित जनप्रतिनिधिहरुलाई निष्ठा पूर्वक जनताको काम गर्न निर्देशन दिए । आर्थिक सुसाशन कायम गरी गाउँँपालिका र नगरपालिकाको विकास निर्माणमा लाग्न आग्रह गरे । भविष्यलाई सोचेर जनतालाई फाइदा पुग्ने काम गर्न जनप्रतिनिधिहरुलाई नेता नेपालको सुझाव छ ।