काभ्रे । साउन ७ गते,
काभ्रेको बनेपामा एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु भएको छ । बनेपास्थित बसपार्क नजिकै रहेको गौतम भोजनालयका सञ्चालक हरिभक्त दाहालसहित उनका परिवारका ४ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले भोजनालय सञ्चालक हरिभक्त दाहाल, उनकी श्रीमती, हरिमाया, छोरा राजाराम दाहाल र छोरी रञ्जनाको मृत्यु भएको शुक्रबार अबेर जानकारी दिए ।
उनले मृत्युको एकीङ कारण खुल्न नसकेपनि घटनास्थलमा विषका खाली बोत्तल भेटिएको जानकारी दिए । स्थानीयका अनुसार अरु दिन अबेरसम्म खुल्ने उक्त भोजनालय शुक्रबार साँझदेखिनै बन्द थियो भने भोजनालयको झ्यालका सिसा पनि फुटेका थिए ्र सोहि आधारमा केहि घटना घटेको हुन सक्ने आशंकामा उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै पुगेको प्रहरी टोलीले चारै जनालाई मृत फेला पारेको बताइएको छ । प्रहरीले घटनास्थलमा विषको बोत्तल भेटिएको बताएपनि संकास्पद भएको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने बताएको छ । मृतकहरुको स्थायी घर भने बनेपा नगरपालिका बडा नम्बर २ मा पर्छ ।
काभ्रेको बनेपामा एकै परिवारका ४ जना मृत भेटियो
- प्रकाशित मिति: शुक्रबार, साउन ६ २०७४
- तामाकोसी खबर