रामेछाप जिल्लामा अहिलेसम्म ६१ वटा विद्यालयहरु गाभि सकिएका छ
रामेछाप । साउन ४ गते,
रामेछाप जिल्लामा विद्यार्थीसंख्या कम भए पछि गाभिएका सामुदायीक विद्यालयहरुको सम्पत्तिको नष्ट हुँदै गएका छन् । विद्यार्थी कम भएका भन्दै गाभिएका विद्यालका भवन तथा फर्निचर लगायतका सामानहरुको संरक्षण नहुँदा नष्ट हुँदै गएका छन् ।
सरकारले निश्चित संख्या भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकैको अर्काे विद्यालयमा गाभ्ने नीति लिएपछि रामेछाप जिल्लामा अहिलेसम्म ६१ वटा विद्यालयहरु गाभि सकिएका छन् ।
ती गाभिएका विद्यालयका अधिकाँस भवनहरु अहिले प्रयोग वीहिन अवस्थामा छन् । त्यसैगरी ती विद्यालयहरुमा रहेका फर्निचर समेत संरक्षण नहुँदा कतिपय चोरी भएका छन् भने कतिपय फर्निचरहरु नष्ट हुँदै गएका छन् ।
यसैबिच जिल्ला सदरमुकाम मन्थलीको मच्छेडाँडीको राँगेचौर स्थित रणज्योती आधारभूत विद्यालयको भवन र फर्निचरहरु नष्ट हुँदै गएका छन् । विद्यालय गाभिए पछि संरक्षण नहुँदा भवन भत्कन लागेको छ । विद्यालयको शौचालय भत्किएको छ । भने भवन पनि मर्मत नगर्दा भत्कन लागेको छ । विद्यालय भित्र भएका फर्निचरहरु पानी चुहिएर कुहिन लागेका छन् । विद्यालयका केही कोठाहरुमा स्थानीयहले गहुँ चुटेर फोहोर फालिदिएका छन् भने कुनैमा दिशापिसाप गरि फोहोर गरिदिएका छन् । संरक्षणमा कसैको ध्यान नजाँदा सर्वजनिक सम्पत्ति नष्ट भएको छ ।