जिल्ला समन्वय समिति रामेछापको सार्वजनिक सुनुवाई

  • प्रकाशित मिति: मंगलबार, असार २७ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २७ गते,
जिल्ला समन्वय समिति रामेछापले संचालन गरेको विकास योजना र सार्वजनिक सेवा प्रवाहाको अवस्थाका बारेमा सार्वजनिक सुनुवाई गरेको छ । मन्थली नगरपालिका वडा नम्बर २ स्थित टेकानपुर ताम्राकौशिका आधारभुत विद्यालयको प्राङगणमा सोमबार सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आर्थिक बर्ष २०७३÷७४ मा जिल्ला समन्वय समिति मार्फत भएका विकास निर्माणका कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
त्यसैगरी मन्थली कठजोर काङवा सडक निर्माणमा भएको खर्चको विषयमा सडक सुधार उपभोक्ता समितिका अध्यक्ष जनक खत्रीले जवाफ दिएका थिए । उनले कुल ३८ लाख ४० हजार रकम खर्च भएको र जसमा ९ सय २० मिटर सडक ग्रावेल गरि ३ किलोमिटर ४ सय ७५ मिटर सडकलाई फराकिलो बनाइएको समेत जानकारी दिए । सान नेपाल रामेछापका अध्यक्ष उमङग मैनालीले सहजिकरण गरेको कार्यक्रममा वडा अध्यक्ष तोरणी शंकर अधिकारी ,गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ , जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नारायण प्रसाद सुवेदी , इन्जिनियर डिल्ली बहादुर अधिकारी , नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , राप्रपा उपाध्यक्ष केशव प्रसाद दाहाल लगाएतको सहभागिता रहेको थियो