रामेछापको मन्थली र रामेछाप नगरपालिकाका दलित जनप्रतिनिधि सम्मानित

  • प्रकाशित मिति: बुधबार, असार २१ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २१ गते,
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले रामेछाप जिल्लाको २ नगरपालिकाका जननिर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ । संस्थाले बुधबार सदरमुकाम मन्थलीमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर बिकको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित हुने दलित जनप्रतिनिधिहरुमा अधिकांस महिला थिए । निर्वाचित जनप्रतिनिधिलाई मन्थली नगर प्रमुख बस्नेत र संस्थाका अध्यक्ष बिकले खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख बस्नेतले समाजमा छुवाछुत छैन भनेर भनिएपनि व्यवहारमा भने छुवाछुत अझै रहेको बताए । उनले यसलाई हटाउनका लागि कानुनमा रहेको व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न आपूm लागिपर्ने बताए । आफ्नो ध्यान समाजमा रहेका सबैखालका विभेद््लाई अन्त्य गरी विभेद् रहित समतामूलक समाज निर्माणमा केन्द्रीत रहने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, नेपाल बार ईकाई रामेछापका अध्यक्ष पाण्डब प्रसाई, इन्सेकका जिल्ला प्रतिनिधि एवं पत्रकार नबराज पथिक र पत्रकार हिमाल ढुंगेल लगाएतको समाजमा रहेको विभेद र छुवाछुट हटाउनका लागि कानुनको कडा कार्यान्वयन आवश्यक रहेको बताए । यसका लागि सरोकारवला सबै निकाय एकतावद्ध भएर लाग्नुपर्ने उनीहरुको भनाई छ । बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनवाट मन्थली र रामेछाप २ नगरपालिकाको स्थानीय तहमा १६ जना दलित सदस्य निर्वाचित भएका छन् ।