ओखलढुंगा । असार १४ गते,रामहरि श्रेष्ठ,
ओखलढुंगा जिल्लामा स्थानिय तहको निर्वाचन अन्र्तगत बुधबार बिहान ७ बजेवाट सुरु भएको मतदान शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ । एक नगरपालिका सहित ७ गाउपालिका रहको ओखलढुंगामा निर्धारीत समयमै भयरहित बताबरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
९१ हजार ५ सय ८ जना मतदात रहको ओखलढुंगामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । अहिले मतपेटिहरु निर्वाचन अधिकृतको कार्यलयमा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । निर्वाचन ७८ स्थानको १ सय २७ मतदान केन्द्रमा सञ्चालन भएको थियो । यस पटकको निर्वाचनमा ओखलढुंगामा ३ सय ९१ पदका लागी १ हजार २ सय ८२ जना प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहेका छन् ।
ओखलढुंगामा भयरहित वाताबरणमा ७० प्रतिशत मत खस्यो
- प्रकाशित मिति: बुधबार, असार १४ २०७४
- तामाकोसी खबर