दोलखामा पहिरोमा परि एकको मृत्यु, ३ जना बेपत्ता

  • प्रकाशित मिति: बुधबार, असार १४ २०७४
  • तामाकोसी खबर

दोलखा । असार १४ गते,
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ कुटकुटेमा गएराति पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।राति करिव साढे १ बजे घरमाथिबाट आएको पहिरोले ३५ वर्षीया शान्ति थामीको मृत्यु भएको हो । उनको शव बुधबार बिहान फेला परेको हो । पहिरोले ७९ वर्षीया लाटी थामी, शान्ति थामीका १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी थामी बेपत्ता भएका हुन् ।अविरल वर्षासँगै आएको पहिरोले घर बगाएर क्याङथली खोलामा र्पुयाएको छ । शान्तिका छोरा मंगले थामी भने पहिरो जाने समयमा शौचालय गएका कारण बाँच्न सफल भएका छन् ।गाउँमा ठूलो पहिरो गएपछि कुटकुटेका स्थानीयले सुर्के मावि भण्डारेमा पुगेर रात बिताएका छन् । पहिरोले त्यहाँका १८ घर उच्च जोखिममा परेका छन् ।