रामेछापको खाडाँदेवी ६ माकादुममा साझा सभा बन्यो

  • प्रकाशित मिति: बुधबार, असार १४ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार १४ गते ,
रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुममा मंगलबार भएको भेलाले वडा स्तरको साझा सभा गठन गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष पुष्कर कार्कीको अध्यक्षता भएको भेलाले साझा सभा गठन गरेको हो ।
वडा स्तरका स्वास्थ्य, शिक्षा, कृषि विपत व्यवस्थाप लगायका क्षेत्रमा कामा गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु, नागरिक समाज, जनप्रतिनिधिहरु लगायत एकै थलामो बसी स्थानीय स्तरमा सञ्चालित क्रियाकलापको समिक्षा, समस्याको पहिचान र समस्या समाधानको लागि सामुहिक प्रयत्न गर्ने उद्देश्यले सो सभा गठन गरिएको हो ।
युएसएडको आर्थिक सहयोग र मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको आयोजनामा भएको सो कर्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले यस्तो फोरमले गाउँको अवस्थाको जानकारी लिन तथा सेवा प्रदायकलाई खबरदारी गर्न सहयोग गर्ने बताए । उनले खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतको क्षेत्रमा योजनावद्ध हिसावले विकासका काम अघि बढाइने बताए ।
गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठले सामुहीक अभियानबाट मात्र दीगो विकास सम्भव भएको बताईन् । वडा अध्यक्ष पुष्कर कार्कीले यो कार्यक्रमलाई वडा कार्यालयले आप्mनो नियमित कार्यक्रमको रुपमा अघि बढाउने बताए । उनले कम्तिमा पनि चौमासिक रुपमा सबै सेवा प्रदायक तथा नागरिक अगुवाहरुको सहभागितामा साझा सभामा बसी वडामा भएका समग्र कार्यक्रम, त्यसको प्रगति र समस्या तथा समाधानको उपायको बारेमा नियमित छलफल गर्ने बताए ।
भेलाले वडा अध्यक्ष कार्कीको अध्यक्षता वडामा कार्यरत सबै सरकारी तथा गैरसकारी संस्थाका प्रतिनिधिहरु, वडा नागरिक मञ्चका संयोजकहरु तथा सामाजिक क्षेत्रमा संलग्न अगुवाहरु रहेको २७ सदस्सिय साझा सभा गठन गरेको हो ।