रामेछाप । जेठ २९ गते,कैलाश खत्री ,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय आइतबारबाट सञ्चालनमा आएको छ । साविकको गेलु गाविसकोे सिक्रालमा वडा कार्यालय स्थापना गरिएको हो ।
वडा कार्यालय शुभारम्भ कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष कृष्णहरि अधिकारीलाई स्वागत सहिति कार्यकक्षको व्यवस्था गरिएको हो । सो कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले आफुलाई भोट दिएर जिताउने मतदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आफु सदैव जनताको पक्षमा काम गर्ने बताए । आईतबारै बसेको वडाको पहिलो बैठकले भूकम्प पछिको लाभग्राही सुचिमा नाम नपरेका वास्तबिक भूकम्पपिडितहरुलाई राहात दिन सम्बन्धीत निकायमा नाम सिफारिस गरि पठाउने निर्णय समेत गरेको छ भने तामाकोसी लिफ्ट खानेपानीलाई निर्धारित समयमै सम्पन्न गर्न युद्धस्तरमा काम गर्ने निर्णय गरेको वडा सचिव कुलबिक्रम श्रेष्ठले जानकारी दिए ।
मन्थली १२ को वडा कार्यालय आईतबारबाट सञ्चालनमा
- प्रकाशित मिति: सोमबार, जेष्ठ २९ २०७४
- तामाकोसी खबर