रामेछाप । जेठ २३ गते,
रोजगाार कोष हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालद्धारा संचालित पुननिर्माणका लागि सिप परियोजना मार्फत रामेछाप जिल्लामा भएका कामका बारेमा जिल्लाका क्रियासिल पत्रकारहरुलाई जानकारी गराएको छ । संस्थाले मंगलबार सदरमुकाम मनथलीमा पत्रकारहरुसंग अन्र्तक्रिया गरी सन् २०१५ जुलाई महिना देखी २०१६ डिसेम्बर महिनासम्म भएका पुननिर्माणसंग जोडिएका काम र सन् २०१७ मा संस्थाले गर्ने कामका बारेमा जानकारी गराएको हो । विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति रामेछापका प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा पुननिर्माणका लागि सिप परियोजनाका संयोजक तुलसीजंग दाहालले संस्थाले गरेको गतिविधिका बारेमा जानकारी दिएका थिए । उनले संस्थाले सन् २०१५ जुलाई देखि २०१६ डिसेम्बर सम्म रामेछापमा ५ सय ९६ जना मानिसलाई डकर्मी,सिकर्मी,र ईलेक्ट्रीसियन तालिम दिएको बताए ।
जसवाट तालिम अवधीमा ९० वटा र तालिम पश्चात १४९ वटा घरहरु रामेछापका साविकका विभिन्न गाविसहरुमा पुननिर्माण गरेको बताए । सन् २०१७ का लागि साविकको गाविसहरु गम्देल,बाम्तीभण्डार,कुबुकास्थली,प्रीती,गुप्तेश्वर र भुजीका ३ सय ५० जना युवाहरुका लागि तालिम चलिरहेको र तालिम अवधीमा ७० वटा घर निर्माण गर्ने संस्थाको लक्ष्य रहेको पनि संयोजक दाहालको भनाई छ । कार्यक्रममा संस्थाका सवईन्जिनियर रमेश लुईटेलले संस्था मार्फ भैरहेका पुननिर्माण प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले पुननिर्माण प्रक्रियामा सहभागि भएर तालिम लिएका मध्य ७३ प्रतिशत मानिसहरुले रोजकागारी पाएकको पनि बताए । कार्यक्रमका सहभागिहरुले संस्था मार्फ बनेका घरहरुमा काठको धेरै प्रयोग हुदा र सरकारी पक्षवाट घर पास गर्नका लागि आनकानी हुदा नागरिकहरु मारमा परेका बताए । उनिहरुले रामेछापमा काठको ठुलो अभाव भएकाले कम काठ खपत गरेर बलियो घर बनाउने नागरिकहरुको चाहाना रहेको बताए । उनिहरुले निर्माण भैसकेका घरहरुलाई सहज तरववाट राज्यले दिने सुविधा सम्म पुर्याउनका लागि पनि संस्थाले समन्वय गर्नु पर्ने माग समेत गरे ।
रामेछापमा पुननिर्माणका लागि सिप परियोजना मार्फत २ सय ३९ घर बने
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २३ २०७४
- तामाकोसी खबर