रामेछाप, १८ जेष्ठ ।
रामेछाप जिल्लाको आठ वटा स्थानिय तह मध्ये लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो ।
यससंगै लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका हुने भएको छ । पालिकाको बैठकले अन्य धेरै महत्वपुर्ण निर्णयहरु गरेका छन् । सबै वडाहरुको केन्द्र कोठगाउमा अपाएक परेको गुनासो बढेसंगै गाउँपालिकाको केन्द्र धोवी डाँडामा सार्ने निर्णय पनि भएको छ ।
बैठकले गाउँपालिकामा भुकम्प पिडित भएका जनता तर राहात नपाएकाहरुको विवरण संकलन गरि राहतको लागि प्रकृया अगाडि बढाउने, सात वटै वडाहरुको कार्यालय केन्द्र तोक्ने, गाउँपालिकाको लागि सवारी साधन खरिद लगाएतका अन्य निर्णयहरु पनि भएको तिल्पुङ वडा अध्यक्ष सुवास बोहराले जानकारी दिए ।
